नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको घटनामा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
काठमाडौँ– नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको घटनामा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बागबजारबाट थप दुई जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा गुडी राई र नवीन राई रहेका छन्। उनीहरूलाई नक्कली सरकारी कागजात बनाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि यसअघि प्रहरीले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीसहित सात जना पक्राउ गरेको थियो।
यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थलेको थियो।
प्रहरीका अनुसार शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख बुझाएको बयान दिएका छन्। प्रहरीले यही प्रकरणमा महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवार पक्राउ गरेको छ। थप दुई जना पक्राउ परेसँग यो प्रकरणमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
