ताेलाकाे एक लाख ५०० पुग्याे सुन

नेपाली सुनचाँदी बजारमा सुन प्रतिताेला एक लाख ५०० पुगेकाे छ। अन्तर्राष्ट्रिय बजारको कारोबार र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा मूल्य तोकिने गरेको छ।

काठमाडौँ– नेपाली सुनचाँदी बजारमा छापावाल सुनको एक लाख ५०० पुगेको छ। आइतबार अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय थियो।

त्यस्तै चाँदी १० रुपैयाँले एक हजार ४०० पुगेको महासंघले जनाएको छ।  

किन हुन्छ मूल्य घटबढ ?
नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन्।

“सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा मूल्य तोकिने गरेको छ”, अध्यक्ष शाक्यले भने। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ७९७.३५ डलरमा कारोबार भइरहेको छ।