देशका अधिकांश भूभागमा मौसम सफा रहने

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।

काठमाडौँ– देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

त्यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।