असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटन सुनसान छ।
ढोरपाटन– चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन, बुकीपाटन सुनसान बनेका छन्। असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटन सुनसान छ।
नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ। असारदेखि असोजसम्म करिब तीन हजार पर्यटक बुकीपाटन पुगेको ढोरपाटन नगरपालिका–९ का गंगा पुनले बताइन्। बर्खामा चारैतिर हरियाली छाउने, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथान हेर्नका लागि पर्यटक पुग्ने गरेका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन गुणाभन्दा बढी पर्यटक बुकीपाटन पुगेको उनको भनाइ छ।
“लामो समय ओझेलमा रहेको बुकीपाटनमा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढेका छन्। ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्ने पदमार्गलगायतका पूर्वाधार निर्माण गर्न सके बुकीमा पर्यटकको संख्या बढाउन सकिन्थ्यो,” उनले भनिन्।
समुन्द्री सतहदेखि दुई हजार ९०० देखि चार हजार ५०० मिटर उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बासस्थान हो। बर्खामा यहाँ सयौँको संख्यामा गोठालाहरू हजारौँ भेडाबाख्रा र गाई भैँसीका साथ अस्थायी गोठ बनाएर बस्छन्।
ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले बुकीपाटन जाने अधिकांश पर्यटकले नजिकबाट गोठालाको जनजीवन देख्न र अनुभूति गर्न पाउने बताए। “बुकीपाटन घुम्नका लागि उपयुक्त समय बर्खा याम नै हो। उक्त समयमा बुकी पुग्ने पर्यटक धेरै दिन उतै बिताउने गर्छन्। त्यो ठाउँ जति हेर्यो, उति हेरौँ, हेरौँ लाग्ने खालको छ,” उनले भने। बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत रमणीय ठाउँ छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
