तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी बढ्यो

मंगलबार १ लाख ६२ हजार ६०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो। 

मंगलबार १ लाख ६२ हजार ६०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य मंगलबार तोलामा २ हजार ४०० रुपैयाँले घटेको थियो।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी १ हजार ९४० रुपैयाँ पुगेको छ।