निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा आफूलाई प्रत्यक्षदर्शी दाबी गर्ने अर्यालले गलत विवरणसहित दुष्प्रचार गरेको प्रहरीको भनाइ छ।
काठमाडौँ– निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा आफूलाई प्रत्यक्षदर्शी दाबी गर्दै एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले गलत विवरणसहित दुष्प्रचार गरेको प्रहरीको भनाइ छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिरी जवानीमा छाडेको थियो। सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोतालाई पनि सोधपुछ गरिरहेको सीआईबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
"अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठा हुन्। सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता ऋषि धमलालाई सीआईबीमा ल्याएका छौँ," उनले भने।
अन्तर्वार्ताका क्रममा आफूलाई खानेपानी विभागको सवारी चालक रहेको दाबी गरेका अर्यालले आफू कंचनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
