पहिलो पटक विश्वकपमा प्रवेश गरेको १९ वर्षमुनिको नेपाली महिला टोलीलाई क्यानले प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने घोषणा गरेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले यू१९ विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली महिला टोलीलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ।
नेपाली टोली आईसीसी यू१९ महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत बुधबार यूएईलाई ८ विकेटले पराजित गर्दै मलेसियामा आयोजना हुने यू१९ विश्वकपमा छनोट भएको थियो।
पहिलो पटक विश्वकपमा प्रवेश गरेको नेपाली महिला टोलीलाई क्यानले प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने घोषणा गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीलाई जनही दुई लाख ५० हजार रुपैयाँ र टिम अफिसियललाई जनही एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कारले सम्मान गर्ने निर्णय भएको छ।
नेपाली यू१९ राष्ट्रिय महिला क्रिकेट टोलीले आगामी जनावरी १८ देखि फेब्रुअरी २ सम्ममा मलेसियामा सञ्चालन हुने आईसीसी महिला यू१९ टी२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छ। नेपालमा समूह ‘डी’मा परेको छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया, बांग्लादेश स्कटल्यान्ड छन्।
नेपालले त्यसअघि यू१९ महिला एशिया कपको समूह चरणको खेल अन्तर्गत भारत र पाकिस्तानसँग खेल्ने कार्यक्रम रहेको क्यानले जनाएको छ। खेल डिसेम्बर १५–१८ सम्म मलेसियामा नै आयोजना हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
