उनले निलम्बन निष्प्रभावी भएको पत्र चोलेन्द्र शमशेर जबरालाई दिनुको कारण आफूले ७ दिनभित्रमा संवैधानिक इजलासमै पेश गर्ने जवाफ सर्वोच्चलाई पठाएका हुन्।
काठमाडौँ– संघीय संसद्का महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको फुलकोर्ट बैठकले सोधेका प्रश्नको जवाफ संवैधानिक इजलासमै पेश गर्ने जवाफ पठाएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको निलम्बन फुकुवा भएको भनी पत्र लेखेपछि मंसिर २१ मा बसेको सर्वोच्चको फुलकोर्ट बैठकले महासचिव गौतमलाई चारवटा प्रश्नको जवाफ मागेको थियो।
निलम्बन निष्प्रभावी भएको भनी पत्र दिनुको कारण आफूले ७ दिनभित्रमा संवैधानिक इजलास समक्ष नै पेश गर्ने जवाफ सर्वोच्चलाई पठाएका हुन्।
सर्वोच्चको फुल कोर्ट बैठकले चारवटा प्रश्नको जवाफ मागेपछि संवैधानिक इजलासमा उक्त पत्र खारेजीको माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्न भनेको थियो। र, विपक्षीका नाममा ७ दिनभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको थियो।
‘‘सर्वोच्च अदालतको पूर्ण बैठकको २०७९/०८/२१ को निर्णय अनुसार सोधिएको विषयहरूको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा नै समावेश हुने ब्यहोरा पूर्ण बैठकसमक्ष सादर अनुरोध गर्दछु”, गौतमले पत्रमा भनेका छन्।
सर्वोच्चले २०७८ फागुन १ मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा महाअभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन, नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेश हुन्छ वा हुन्न, महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको हो वा निर्वाचनको मितिले र नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोग निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो भनेर चारवटा प्रश्नको जवाफ माग गरेको थियो।
अन्तरिम आदेश जारी भइसकेकाले अब यिनै चार प्रश्नको जवाफ लिखित रूपमा नै इजलासमै बुझाउने गौतमले सर्वोच्चलाई भनेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
