सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणालीमार्फत बहरामपुर भेरमारा ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बांग्लादेश पुग्नेछ। प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात हुने प्राधिकरणको भनाइ छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बांग्लादेश निर्यात गर्ने भएको छ। विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको प्रतिक्रिया दिए। भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बांग्लादेश निर्यात गर्न अनुमति दिएपछि प्राधिकरणले शुक्रबार मध्यान्न विद्युत् निर्यात गर्नेछ।
विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बांग्लादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो। सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत् बांग्लादेश निर्यात गरिनेछ। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ। सो बिजुली भारतीय नोडल एजेन्सी एनभीभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बांग्लादेश पुर्याउने छ।
सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणालीमार्फत बहरामपुर भेरमारा ४०० केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बांग्लादेश पुग्नेछ। प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गरिने जनाएको छ।
प्रवक्ता घोषका अनुसार प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बांग्लादेश पठाउनेछ। यसैबीच, बांग्लादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ।
सरकारले सन् २०३५ सम्म तय गरेको कार्ययोजनामा २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र १५ हजार मेगावाट भारत र बांग्लादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको छ।
“नेपालको बिजुली बांग्लादेश निर्यात हुनु आफैँमा महत्त्वपूर्ण र ऐतिहासिक परिघटना हो,” प्राधिकरणका प्रवक्ता घोषले भने, “लामो समयदेखिको मिहिनेतको परिणाम हासिल भएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
