तराईका केही स्थानमा हुस्सु, पहाडमा आंशिक बदली रहने

गण्डकी र कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ।

काठमाडौँ– देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा छ। साथै तराईका केही भागमा बाक्लो हुस्सु लागेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ। 

त्यसैगरी, राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु लाग्न सक्ने महाशाखाको अनुमान छ।