दार्चुला दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो, ६ गम्भीर

मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर मालिकार्जुनबाट गोकुलेश्वरतर्फ फर्किरहेका दर्शनार्थी सवार जिप दुर्घटनामा परेको थियो।

खलंगा– दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। अन्य ६ जना गम्भीर घाइते भएका छन्। 

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एक जनाको परिचय खुलेको छैन। 

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ स्थित सिराडको खोलामा दुर्घटना भएको थियो।