जिपचालक मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकायालाई हेलिकप्टरबाट धनगढी लगिएको छ।
खलंगा– दार्चुलामा जिप दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ।
हेलिकप्टरमा उद्धार गरिएकामा जिपचालक मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकाया रहेका छन्। उनीहरूलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा शुक्रबार बिहान म१ज ३३८ नम्बरको जिप दुर्घटनामा परेको थियो। मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको उक्त जिपमा सवार आठ जनाको मृत्यु भएको थियो। स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा तथा भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही ठाउँका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो।
मृतक विष्ट गोकुलेश्वर बहुमुखी क्याम्पसका शिक्षक तथा लेखक सोही क्याम्पसकी लेखापाल हुन्। यस्तै दुर्घटनामा मृत्यु भएका वीरेन्द्र र शान्ति श्रीमान् श्रीमती हुन्। वीरेन्द्र शैल्यशिखर नगरपालिकामा अमिन पदमा कार्यरत थिए।
दुर्घटनाका अन्य घाइतेको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
