सिम्रौनगढका निमित्त प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले साहलाई ७८ हजार घुससहित पक्राउ गरेको  हो।

काठमाडौँ– बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु ७८ हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनलाई ७८ हजार घुससहित पक्राउ गरेको  हो।

बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि साहलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस रकम बराबरकै बिगो दाबीसहित विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ।