गौशाला क्षेत्रका अनधिकृत संरचनामा महानगरको डोजर (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गौशाला क्षेत्रमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ।

तस्वीर : फोटो लाइब्रेरी नेपाल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गौशाला क्षेत्रमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ। शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको हो। महानगर प्रहरीको टोलीले गौशाला प्रहरी बिटअगाडिका केही संरचनामा डोजर चलाएको छ। अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउन सूचना जारी गरेको लामो समय बितिसक्दा पनि खाली नगरेपछि डोजर चलाए हटाइएको महानगरले जनाएको छ। चक्रपथ सडकसीमा २५ मिटरभित्र पर्ने संरचना हटाउने महानगरको तयारी छ।  उक्त स्थानमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ। हेर्नुहोस् तस्वीरहरू :