एनपीएलमा आबद्ध टोलीहरूले संयुक्त रूपमा नेपाली यू१९ महिला क्रिकेट टोलीलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन्।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आईसीसी यू१९ महिला टी२० विश्वकपमा छनोट भएको नेपाली यू१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन्।
बिहीबार संयुक्त रूपमा एनपीएलमा आबद्ध टोलीहरूले नेपाली यू१९ महिला क्रिकेट टोलीलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको आईसीसी यू१९ महिला टी२० विश्वकपको एशिया छनोटको अन्तिम खेलमा यूएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो।
नेपाली यू१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ। यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहन स्वरूप जनही दुई लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो।
यू१९ महिला विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ। त्यसअघि नेपालले यू१९ एशिया कप खेल्नेछ। आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू१९ महिला एशिया कपमा नेपालसहित ६ टोलीको सहभागिता रहने छ।
एशियाली क्रिकेट परिषद् (एसीसी)का अनुसार समूह ‘ए’मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’मा बांग्लादेश, श्रीलंका र मलेसिया छन्। नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
