स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन्।
काठमाडौँ– आसन्न स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिए। आगामी मंसिर २ देखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन्। मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। मंसिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।
यसैबीच आयोगले सहसचिव निता पोखरेल अर्याललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ। आयोगको आजको निर्णयअनुसार अर्याललाई प्रवक्ता तोकिएको सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
