कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर पश्चिमी तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना भने छ।

राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहनेछ।

तराईमा बिहानीपख र राति बाक्लो हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ।