निर्वाचन आयोगले केही राजनीतिक दलले पठाएको समानुपातिक उम्मेदवारको विवरणमा त्रुटि देखिएकाले त्यसलाई सच्याउन सोमबारसम्मको समयसीमा दिएको हो।
काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरूलाई समय दिएको छ ।
समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरूलाई त्रुटि सच्याएर पुनः विवरण पठाउनका लागि आयोगले भोलि (सोमबार) दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो।
आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको हो।
निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभा अन्तर्गत दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए।
प्रदेशमा भने पेश भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएकोले आयोगले सच्याउन भनेको उनले बताए।
नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने प्रवक्ता वाग्लेले जानकारी दिए।
वाग्लेले १४ वटा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारहरूको नामावली पेश गरेका उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
