भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
भक्तपुर– भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। चाँगुनारायणबाट भक्तपुरको डेकोचातर्फ आउँदै गरेको ना २ त ९३४० नम्बरको ट्र्याक्टर अनियन्त्रण भएर सडकबाट पल्टिएको हो।
ट्र्याक्टरमा सवार चाँगुनारायण नगरपालिका–५ निवासी ४५ वर्षीय हरिगोविन्द सुवालको उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए।
चाँगुनारायण–५ निवासी ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गोपाल कोजु, ४४ वर्षीय राधेश्याम सितिखु र ७४ वर्षीय पूर्णकेसी शिल्पकारको भक्तपुर अस्पतालमा सामान्य उपचार गरी घर फर्किएका उनले जानकारी दिए।
दुर्घटनामा घाइते भएका चालक भक्तपुर नगरपालिका–२ व्यासी बस्ने ४८ वर्षीय गणेश सुवालको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
