काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस भेरी करिडोरअन्तर्गत रिठानजिकै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।
त्रिवेणी– काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस शनिबार भेरी करिडोरअन्तर्गत रिठानजिकै दुर्घटनामा परेको हो।
दुघर्टनामा धादिङ खाग्री गाउँपालिका–१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका–६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट–९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भीमेश्वर नगरपालिका–७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका
अन्य घाइतेमा आठबिसकोट–११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका–८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उहाँको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड–१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन् ।
घाइते सबै अहिले नगर अस्पताल राडीमा उपचार भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए। बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
