‘कूटनीतिक माध्यम’बाट युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि रुससँगको युद्ध ‘चाँडो अन्त्य’ हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यम’बाट रुससँगको युद्ध अन्त्य गर्न चाहेको बताएका छन्।उनले डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्नेपछि रुससँगको द्वन्द्व ‘छिट्टै अन्त्य’ हुनेमा आफू विश्वस्त रहेको पनि बताए।

युक्रेनी रेडियोसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, “यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर हामीले सक्दो प्रयास गर्नुपर्छ। हामीले कूटनीतिक माध्यमबाट यसलाई अन्त्य गर्नुपर्छ। यो धेरै महत्त्वपूर्ण छ।”

रुस र युक्रेनबीच कुनै अर्थपूर्ण वार्ता भएको छैन तर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि दुई देशबीच द्वन्द्वको भविष्यमाथि प्रश्न उठ्ने गरेको छ। रिपब्लिकन नेता ट्रम्पले बारम्बार छिटो युद्ध अन्त्य गर्ने बताउँदै आएका छन्।

“रुसीहरू के चाहन्छन् भनेर हामीले बुझ्नुपर्छ,” उनले भने, “हामीले यस्तो राष्ट्रसँग युद्ध गरिरहेका छौँ जो आफ्ना जनताको कदर गर्दैन, ऊ धेरै उपकरण छन्, कति मानिसहरू मर्छन् भन्ने कुराको पनि वास्ता गर्दैन।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले कब्जा गरेको युक्रेनी भूमि किभले दाबी नगरी आत्मसमर्पण गरेमा मात्र युक्रेनसँग वार्ता स्वीकार गर्ने बताएका छन्। 

क्रेमलिनले शुक्रबार जर्मन चान्सलर ओलाफ स्कोल्जसँग फोनमा भएको कुराकानीमा उक्त भनाइ दोहोर्‍याएको जनाएको छ।

जेलेन्स्कीले पुटिनको शर्त अस्वीकार गरेका छन्। मस्को यस वर्षको गृष्मयामदेखि पूर्वी युक्रेनमा निरन्तर अघि बढ्दै पोक्रोभ्स्क र कुराखोभ जस्ता प्रमुख क्षेत्रहरूको नजिक पुगेको छ।

जेलेन्स्कीले रुसी सेनाले ठूलो क्षति बेहोर्नुपरेको र केही क्षेत्रमा सैन्य कारबाही ‘सुस्त’ भएको बताएका छन्।