बागमती सफाइ महाअभियान ६०१ हप्ता प्रवेश गरे पनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेका छैनन्।
काठमाडौँ– ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासाथ शुरू भएको बागमती सफाइ महाअभियान ६०१ हप्ता प्रवेश गरे पनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन।
विसं २०७० जेठ ५ गते शुरू भएको बागमती सफाइ महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार निरन्तर बागमती किनारमा सफाइ हुँदै आएको छ। जति सफाइ गरे पनि बागमती सफा नदेखिएपछि ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भनेर पनि कतिले यो महाअभियानलाई व्यङ्ग्य गर्ने गरेका छन्।
शुरूआती चरणदेखि महाअभियानमा जुटेका अभियानकर्मी किशोरसिंह शाही ढलको व्यवस्था नगरी सिधै फोहोर पानी नदीमा हाल्दा जति सफाइ गरे पनि बागमती सफा देखिन नसकेको बताउँछन्।
बागमतीको मुहानदेखिकै स्थानीय सरकारले माथिल्लो भेगबाटै आउने फोहोर अझै व्यवस्थापन गर्न नसक्नु, पशुपति क्षेत्रको आर्यघाटबाट निस्कने फोहोरलाई अझै पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन नगर्नू र फोहोर पानी प्रशोधन केन्द्रले राम्रोसँग काम नगर्नूजस्ता कारणले अझै बागमती सफाइ हुन नसकेको उनको निष्कर्ष छ।
महाअभियान नागरिकस्तरबाट शुरू गरी जागरण गर्दा पनि स्थानीय सरकारले फोहोर व्यवस्थापनमा चासो नदेखाउँदा प्रभावकारी सफाइ हुन सकेको छैन।
सफाइ अभियानकर्मी चक्रबहादुर चन्द १२ वर्षअघिको अवस्थाबाट बागमतीमा सफाइको अवस्थामा सुधार गर्न सकिए पनि आशातीत काम भने हुन नसकेको बताउँछन्। ढलमुक्त गराउन भने सरकारले नसकेको उनले स्वीकार गरे।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले एक वर्षमा गुह्येश्वरीसम्म ढलमुक्त गर्ने प्रतिबद्धता जनाएको उनले बताए। समितिले गुह्येश्वरीसम्मका ६ ठाउँमा ढल मिसिइरहेकामा तीन ठाउँमा बन्द गराइसकेको जनाइएको छ।
बागमती सफाइ महाअभियानको ६०१ हप्ताको शनिबारको सफाइ काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा गरिएको थियो। बागमती सफाइ अभियानकर्मीको समूहले गरेको सफाइसँगै शनिबार त्यस क्षेत्रका बागमती किनारमा रोपिएका बोटबिरुवा गोड्मेल पनि गरिएको थियो।
बागमती नदीबाट नकुहिने फोहोर पनि व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
