झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

दमक नगरपालिका–३ का सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि धपाउन खोज्दा स्थानीय मीनबहादुर भण्डारी आक्रमणमा परेका हुन्।

झापा– हात्तीको आक्रमणमा परी आइतबार बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ। 

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउन खोज्दा भण्डारी आक्रमणमा परेका हुन्।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रमुख राईले बताए।