सुनचाँदीको मूल्य घट्यो

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।