पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार उपचारका क्रममा निधन भएको छ।

काठमाडौँ– पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। उनको आइतबार दिउँसो काठमाडौँस्थित एक अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको हो।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले उनको उपचारका क्रममा मध्य बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा मृत्यु भएको जानकारी दिए। ढंगाना कलेजोसम्बन्धी समस्याका कारण केही समययता उपचाररत थिए।

उनी २०४८ सालको आमनिर्वाचनमा काठमाडौँ– २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। ढुंगाना २०४८ देखि २०५१ सम्म सभामुख थिए। उनी वरिष्ठ अधिवक्तासमेत हुन्।

ढुंगानाले तत्कालीन विद्रोही संगठन नेकपा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए। उनी विद्यार्थी छँदै विसं २०१० को दशकबाटै राजनीतिमा लागेका थिए।