आइतबार परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आइतबार परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा कायम भएको छ।
आइतबार विभिन्न कम्पनीका ३२६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर एक लाख १३ हजार २५२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९०४ रुपैयाँ बराबरको कारोबार भएको छ।
बैंकिङ ०.२१, वित्त ०.६३, उत्पादन तथा प्रशोधन ०.१३ र निर्जीवन बीमा समूह ०.६९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक २.२१ प्रतिशतले बढेको छ।
त्यस्तै, विकास बैंक ०.६२, जलविद्युत् ०.८५, लगानी ०.१७, जीवन बीमा ०.२१, लघुवित्त ०.२८, म्युचुअल फन्ड ०.२९, व्यापार ०.२४ र अन्य समूह ०.११ प्रतिशतले घटेको छ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ४५ करोड १७ लाख १० हजार ३७२ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै १२ लाख ४२ हजार ३८९ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
