विस्फोटमा मारिनेहरू अल्पसंख्यक हजारा समदुायका रहेको छन्। यसअघि पनि हजारा समुदायका मानिसहरूलक्षित आक्रमण हुने गरेका थिए।
अफगानिस्तानको राजधानी काबुलस्थित एक शिक्षा केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। काबुलको पश्चिमी क्षेत्रको दास्ते बार्चीस्थित काज शिक्षा केन्द्रमा शुक्रबार बिहान आत्मघाती बम विस्फोट भएको हो।
विश्वविद्यालयको परीक्षामा बसिरहेका विद्यार्थी र कर्मचारी विस्फोटमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विस्फोटको जिम्मा कसैले लिएको छैन। यस शिक्षा केन्द्रका अधिकांश विद्यार्थी हजारा अल्पसंख्यक समुदायका हुन्। यसअघि पनि हजारा समुदायका मानिसहरूलक्षित आक्रमण हुने गरेको थियो।
विस्फोटको निन्दा गर्दै तालिबानका आन्तरिक मामिलामन्त्री अब्दुल नाफी तकोरले घटनास्थलमा सुरक्षाकर्मी पठाइएको बताएका छन्। सर्वसाधारणलक्षित आक्रमणले शत्रुमा मानवीय व्यवहार र नैतिक मूल्य-मान्यताको कमी रहेको प्रमाणित भएको मन्त्री अब्दुलको भनाइ छ।
इस्लामिक अतिवादी तालिबान सत्तामा आएपछि पनि अफगानिस्तानमा इस्लामिक स्टेट र अन्य अतिवादी समूहबीच युद्ध जारी छ। गत वर्षको अगस्टमा सत्ता कब्जा गरेको तालिबानले मुलुकमा स्थायित्व कायम गर्ने प्रयास गरिरहेको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
