युक्रेनको ऊर्जा पूर्वाधारलक्षित रुसी आक्रमणमा परी केही नागरिकको समेत ज्यान गएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।
रुसले आइतबार युक्रेनमाथि ठूलोस्तरमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ। ऊर्जा पूर्वाधारलक्षित उक्त आक्रमणमा केही नागरिकको समेत ज्यान गएको छ। यो आक्रमणलाई युक्रेनी अधिकारीले पछिल्ला महिनाको ‘सबैभन्दा ठूलो’ भनेका छन्।
जाडो यामअघि मस्कोले युक्रेनी विद्युत् उत्पादन क्षमतालाई ध्वस्त पार्ने मनसाय राखेको बारेमा चिन्ता बढिरहेकै बेला यो आक्रमण भएको हो।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार रुसले युक्रेनभर कुल १२० क्षेप्यास्त्र र ९० ड्रोन प्रक्षेपण गरेको थियो। उनले विभिन्न प्रकारका ड्रोन प्रयोग गरिएको र यसमा इरान–निर्मित शाहेदहरूका साथै क्रुज, ब्यालिस्टिक र विमान–प्रक्षेपित ब्यालिस्टिक क्षेप्यास्त्रसमेत रहेको जानकारी दिए।
युक्रेनी सुरक्षा प्रणालीले १४० वटा हवाई लक्ष्यलाई रोकेको जेलेन्स्कीले टेलिग्राममा पोस्ट गरेको विज्ञप्तिमा जनाइएको छ। “शत्रुको लक्ष्य युक्रेनभर हाम्रो ऊर्जा पूर्वाधार लक्षित थियो। दुर्भाग्यवश, आक्रमण र खसेका भग्नावशेषका कारण केही क्षति पुगेको छ। माइकोलाइभमा ड्रोन आक्रमणबाट दुई व्यक्तिको मृत्यु भयो र दुई बालबालिकासहित अन्य ६ जना घाइते भएका छन्”, उनले भने।
स्थानीय गभर्नर ओलेह किपरका अनुसार ओडेसा क्षेत्रमा अन्य दुई जनाको मृत्यु भएको छ। उनका अनुसार यहाँ आक्रमणबाट ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ। बिजुली र पानीको आपूर्ति अवरुद्ध भएको छ।
किभको सिटी मिलिटरी एडमिनिस्ट्रेसनका प्रमुख सेरही पोप्कोका अनुसार संयुक्त ड्रोन र क्षेप्यास्त्र आक्रमण तीन महिनामा भएको सबैभन्दा शक्तिशाली थियो। पोप्कोका अनुसार किभको ऐतिहासिक केन्द्रमा एउटा पाँचतले आवासीय भवनको छतमा आगलागी हुँदा एक जना घाइते भएका छन्। निजी ऊर्जा कम्पनी डिटिइकेद्वारा सञ्चालित एक थर्मल पावर प्लान्ट ‘गम्भीर रूपमा क्षतिग्रस्त’ भएको कम्पनीले जनाएको छ।
सन् २०२२ फेब्रुअरीमा मस्कोले आफ्नो छिमेकीमाथि पूर्ण आक्रमण शुरू भएयता रुसबाट युक्रेनको विद्युत् पूर्वाधारमा प्रहार भइरहेको छ। जसबाट युक्रेनले बारम्बार आपत्कालीन विद्युत् अबरुद्ध र देशव्यापी रोलिङ ब्ल्याकआउटको सामना गरिरहेको छ। युक्रेनी अधिकारीहरूले पश्चिमी सहयोगीलाई आक्रमणको सामना र क्षति पुगेका संरचनाको मर्मत गर्न देशको हवाई सुरक्षा बलियो बनाउनका लागि नियमित रूपमा आग्रह गरेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार युक्रेनको राजधानी किभ, ओडिसाको प्रमुख दक्षिणी बन्दरगाहका साथै देशको पश्चिम र मध्य क्षेत्रहरूमा विस्फोटको आवाज सुनिएको थियो।
पोल्यान्डको सशस्त्र बलको परिचालन कमान्डले एक्समा लेखेको छ, “छिमेकी युक्रेनमा ‘विशाल’ रूसी आक्रमणका कारण लडाकु जेटहरूसहित पोल्यान्ड र सम्बद्ध विमान पोल्यान्डको हवाई क्षेत्रमा परिचालन गरिएको छ।” पोल्यान्डको सीमावर्ती क्षेत्रको सुरक्षार्थ यी कदम चालिएको कमान्डले बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
