पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आइतबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये एक चालकको मृत्यु भएको छ।
तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आइतबार भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बसचालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पोखराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ३४८७ नम्बरको बस र काठमाडौँबाट पोखरा आउँदै गरेको गण्डकी जीएए ००७० नम्बरको बस एकापसमा ठोक्किएका थिए। दुर्घटनामा जीएए बसका चालक परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
दुर्घटनामा घाइते भएका ३० जनाको डुम्रेस्थित मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा बाँके बैजनाथका २४ वर्षीय किरण बुढा, बाँके कोहलपुर नगरपालिका–६ का १३ वर्षीया रिजु बाठा मगर, बाँके बैजनाथ गाउँपालिका–६ का १५ वर्षीया ज्ञानु थारू, सोही ठाउँका १६ वर्षीय ललित खत्री, सोही ठाउँकी मायास सिंजापती मगर, सोही ठाउँका ६ वर्षीया गुरास घर्ती मगर, १८ वर्षीय निखिलनाथ योगी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, भे१ख ३४८७ नंको बस चालक बाँके कोहलपुर नगरपालिका–१० का ३७ वर्षीय किशोरजङ्ग शाही, तनहुँको म्याग्दे गाउँपालिका–३ बस्ने ३० वर्षीय रमेश रानाभाट, म्याग्देकै ५१ वर्षीया उजेली रानाभाट, बाँके बैजनाथ गाउँपालिका–६ बस्ने १४ वर्षीया विद्या पुन मगर, गोरखाको गोरखा नगरपालिका–८ बस्ने २० वर्षीय विवेक कँडेल, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने ३५ वर्षीया बबिता थापा, कास्कीको पोखरा महानगरपालिका–१० बस्ने ४३ वर्षीय लक्षिन गुरुङ, पोखरा महानगरपालिका–१७ बस्ने ३६ वर्षीया दुर्गा रोका घाइते भएको प्रहरीले जनाएको छ।
यसैगरी, पोखरा महानगरपालिका–१२ बस्ने ४४ वर्षीया बिजुली गुरुङ, सोही ठाउँकी २५ वर्षीया कमला गुरुङ, ३९ वर्षीया वसन्ती गुरुङ, ४५ वर्षीया लक्ष्मी गुरुङ, ४० वर्षीया गङ्गा गुरुङ, ४५ वर्षीय शिव जोशी, ३७ वर्षीया ज्योति गुरुङ, पोखरा महनगरपालिका–१७ बस्ने ४१ वर्षीय सञ्जय गुरुङ, स्याङ्जाको फेदीखोला गाउँपालिका–४ बस्ने ५५ वर्षीया चन्द्रकुमारी गुरुङ, बाँकेका ४४ वर्षीय शिवलाल न्यौपाने, कोहलपुर नगरपालिका–६ बस्ने १६ वर्षीया निर्मला शाही, २१ वर्षीया विनीता विक, स्याङ्जा पुतलीबजार नगरपालिका–१३ बस्ने २५ वर्षीय सुरज तिवारी, कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने ४९ वर्षीय निर्मल भुजेल घाइते छन्।
ठेगाना नखुलेका १८ वर्षीय रियाद केसीलाई टाउकामा गम्भीर चोट लागेका कारण थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
