कीर्तिपुर नगरपालिका प्रमुख पदमा प्रमुख दलसहित आठ पार्टी र १२ जना स्वतन्त्रसमेत गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौँ– आसन्न उपनिर्वाचनका कीर्तिपुर नगरपालिका प्रमुख पदमा २० जनाको उम्मेदवारी परेको छ।
कीर्तिपुरस्थित निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार उम्मेदवारी दर्ता गर्न तोकिएको अन्तिम समय साँझ ५ बजेसम्ममा प्रमुख दलसहित आठ पार्टी र १२ जना स्वतन्त्रसमेत गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रमुख पदमा सत्तारूढ नेपाली कांग्रेसबाट पार्टीका कीर्तिपुर नगर सभापति कृष्णमान डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन्। सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्राडा शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्जिनियर ध्रुव महर्जन, जनमत पार्टीका केशव श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका दीपक महर्जन, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, नेकपा (एकीकृत समाजवादी)का भानु रिजालले पनि उम्मेदवारी दर्ता गराए।
स्वतन्त्रतर्फ एक जना यौनिक अल्पसंख्यकसहित १२ जनाको उम्मेदवारी परेको छ। स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा नवरथ बानियाँ, राजमान महर्जन, दिनेशकुमार अधिकारी, आनन्द महर्जन, कविकुमार महर्जन, नरेशराज पाण्डे, नरेश श्रेष्ठ, मीम महर्जन, दीपक महर्जन, रामकृष्ण महर्जन, प्रेमकुमार महर्जन र धर्मराज मानन्धर छन्।
यहाँ गत स्थानीय निर्वाचनमा निर्वाचित प्रमुख राजकुमार नकर्मीको गत साउन १० गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो।
अध्यक्ष रिक्त रहेका दुई वडामध्ये वडा नं १ मा नौ जनाको उम्मेदवारी परेको छ। जसमा नेपाली कांग्रेसबाट इच्छा महर्जन, एमालेबाट हर्षमान महर्जन, माओवादी केन्द्रका सरलगोपाल महर्जन, राप्रपाबाट सुरेन्द्रप्रसाद उप्रेती, नेमकिपाका कृष्णप्रसाद महर्जन र जनमत पार्टीका विकास प्रधानको उम्मेदवारी परेको छ।
वडा अध्यक्षका लागि विनोद महर्जन र अर्जुनकुमार महर्जनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। वडा नं ४ मा प्रमुख दलसहित १३ जनाको उम्मेदवारी परेको छ।
जसमा कांग्रेसका राजेन्द्र बानियाँ, एमालेका बद्री बुढाथोकी, माओवादीबाट नारायण विष्ट, राप्रपाका विजेश बस्नेत, एकीकृत समाजवादीबाट रिता खड्का, जनमत पार्टीका श्रीकृष्ण महर्जन र नेमकिपाका महेश्वर सुवेदी छन्।
स्वतन्त्र उम्मेदवारी दिनेमा पबिता खड्का अधिकारी, कृष्णहरि खड्का, अभिलाष बुढाथोकी र मदनप्रसाद दाहाल छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
