तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा १ हजारले बढेको छ। 

काठमाडाैँ– साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको एक लाख ६० हजारमा कारोबार भएको थियो। 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।