आयोगले उपनिर्वाचन हुने स्थानीय तहमा मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाउन, मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले मंसिर १६ गते आइतबारका लागि तय स्थानीय तह उपनिर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन सरकारसँग आग्रह गरेको छ।
आयोगका निर्वाचन आयुक्त एवं उच्चस्तरीय निर्वाचन सुरक्षा समिति संयोजक सगुनशमशेर जबराको अध्यक्षतामा सोमबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गराउन विभिन्न सातबुँदे निर्णयसमेत गरेको छ।
आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै उपनिर्वाचन सुरक्षाका लागि सातबुँदे निर्णयबारे जानकारी दिएकी छन्। आयोगले मतदानका दिन मतदान सकिएपश्चात् मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ढुवानी र आवश्यक सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन लेखी पठाएको छ।
आयोगले उपनिर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना गर्न गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन सरकारलाई आग्रह गरेको छ। उपनिर्वाचन प्रचारप्रसार निषेध अवधि मंसिर १३ गते राति १२ बजेदेखि लागू हुँदै छ।
“जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिन कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम तत्काल कारबाही गरी जानकारी गराउने,” आयोगको निर्णयमा उल्लेख छ।
आयोगले उपनिर्वाचन हुने स्थानीय तहमा मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा नियन्त्रण गर्ने व्यवस्था मिलाउन, मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
