कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– देशभर पश्चिमी तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।