कुनै चलचित्रको पटकथा जस्तो। आफ्नो भाइको हत्यारा खोज्न जीवनको अधिकांश समय बिताउने एक ४७ वर्षीया चिनियाँ महिलाको कथा हो यो।
कुनै चलचित्रको पटकथा जस्तो। आफ्नो भाइको हत्यारा खोज्न जीवनको अधिकांश समय बिताउने एक ४७ वर्षीया चिनियाँ महिलाको कथा हो यो। जसले झण्डै तीन दशकपछि अपराधीलाई जेलमा पठाउन सफल भइन्।
उनी हुन् हुनान प्रान्तकी लि हाइयू। कथा शुरू हुन्छ सन् १९९२ को डिसेम्बरबाट। लि हाइयूका बुबा र अर्का एक पुरुषबीच ज्यालाको विषयलाई लिएर विवाद चलिरहेको थियो। तिनीहरूबीच विवाद निकै चर्कियो। हाइयूका बुवासँग बदला लिने सोचमा ती पुरुष त्यहाँबाट निस्किए र हाइयूको ९ वर्षको कान्छो भाइ ली हुआनपिङलाई स्कुलबाट छुट्ने बेला अपहरण गरे।
त्यसपछि प्रहरी बोलाइयो र हुनान प्रान्तमा उनीहरूको गाउँ वरपरको क्षेत्रमा ली हुआनपिङ र अपहरणकर्ताको खोजी थालियो। हुआनपिङको लुगा नजिकैको गाउँको बाहिरी भागमा फेला परेको थियो, तर उनको शव भने अर्को वर्षको फेब्रुअरीमा मात्र फेला पर्यो, त्यतिबेलासम्म अपहरणकर्ता बेपत्ता भइसकेका थिए।
हुआनलाई छुरा प्रहारबाट हत्या गरी उखुको खेतमा फालेको प्रहरी रिपोर्टले निष्कर्ष निकाल्यो। तर हाइयूका बुबाले आफ्नो मृत्युको दिनसम्म पनि श्रीमती र पाँच छोरीहरूसँग उक्त कुरा (छोराको हत्याबारे) लुकाइराखे। त्यसैले हाइयूसहित परिवारका अन्य सदस्य ली हुआनपिङसँग पुनर्मिलन हुने आशामा पर्खिरहेका थिए।
स्थानीय सञ्चार माध्यमका अनुसार, लि हाइयूले सन् १९९७ देखि आफ्नो कान्छो भाइको खोजी गर्न थालिन्। उनलाई आफ्नो भाइको अपहरण भएको थाहा थियो, तर हत्या भइसकेको कुरा उनका बुवाले घरमा कसैलाई बताएका थिएनन्। सबै प्रकारका चुनौतीहरूको सामना गर्दै भाइलाई खोज्न उनी युनान, सिचुआन, गुइझोउ र गुआङ्सी प्रान्तहरूमा पुगिन्। सोही क्रममा उनी विभिन्न मानिसहरूबाट ठगिन पुगिन्। बेचबिखनमा समेत परिन्। तर पनि भाइलाई भेटाउने आशा भने कहिल्यै छोडिनन्।
सन् २०१४ मा लि हाइयूका बुवाले एक नोट छाडेर आफ्नो प्राण त्यागे। उक्त नोटमा उनले आफ्नो छोराको हत्यारालाई आफूले कहिल्यै भेटाउन नसकेको कुरा लेखेका थिए। बल्ल हाइयूले आफ्नो भाइको हत्या भइसकेको कुरा थाहा पाइन्।
शुरूमा त हाइयू यति ठूलो घटनालाई लुकाएको भन्दै स्वर्गीय बुवासँग रिसाएकी थिइन्। तर पछि भाइको क्रुर हत्याको कठोर सत्यबाट आफूहरुलाई जोगाउने बुवाको प्रयासलाई बुझिन्। त्यसपछि त झन् उनले हत्यारालाई जसरी भए पनि खोजेरै छाड्ने दृढता लिइन्।
आफ्नो अन्तिम नोटमा, ली हाइयुका बुबाले छोराको हत्यारा यी मौकिङको नाम, साथै उसको गृहनगर निङ्बो र हुलिया पनि लेखेका थिए। यी विवरणहरुले भाइको हत्यारा खोज्न मद्दत पुग्छ भन्ने ठानेर उनी झेजियाङको निङ्बोमा सरिन्। बुवाले नोटमा उल्लेख गरेअनुसारको नाम र हुलिया भएको व्यक्ति नभेट्नसम्म उनी त्यहीँ बसिन्। एक दिन त्यस्तै एक व्यक्तिलाई देखिन्। उनले काम खोज्ने बहानामा ती व्यक्तिसँग कुराकानी अगाडि बढाइन्, र उनको नाम यी मोहुआ भएको थाहा पाइन्।
शंका उठाउनको लागि त्यही नाम पनि पर्याप्त थियो, तर प्रहरीलाई रिपोर्ट गर्नका लागि पर्याप्त थिएन। त्यसैले ली हाइयू थप जान्नको लागि ती व्यक्तिसँग सम्पर्कमा रहिन्। बुवाले भनेका विवरणअनुसार नाम फरक भए पनि हत्यारा त्यही व्यक्ति हो भन्नेमा उनी लगभग ढुक्क थिइन्। तर पनि यकिन गर्नका लागि उनले ती यी मोहुआसँग घनिष्ठ मित्रताको नाटक गरिरहिन्।
उनले मोहुआको विश्वास कमाउने प्रयासमा करिब तीन वर्ष बिताइन्। यस समयमा ती व्यक्तिसँग अनलाइनमा च्याट गरिरहिन्। एक बिन्दुमा पुगेपछि उनले सोधिन, “यस क्षेत्रका मानिसहरु तपाईलाई यी मौकिङ र यी मौहुआ दुवै नामले बोलाउँछन्, खास नाम के हो?” जवाफमा ती व्यक्तिले आफ्नो वास्तविक नाम यी मौहुआ र बाल्यकालमा यी मौकिङ पनि भन्ने गरेको बताए। अब लि हाइयूको शंका पुष्टि भयो।
त्यसपछि उनले प्रहरीलाई सम्पर्क गरिन् र सन् २०२० मा आफ्नो भाइको हत्यारालाई पक्राउ गराउन सफल भइन्। तर चिनियाँ अदालतले संदिग्धलाई दोषी ठहराउन पर्याप्त प्रमाण नभएको फैसला सुनायो। २०२२ को नोभेम्बरमा, प्रोक्युरेटोरेटले अघिल्लो निर्णयलाई खारेज गर्यो र यस वर्षको सेप्टेम्बरमा, ली हुआनपिङको हत्यारालाई फेरि एक पटक न्यायाधीशसमक्ष पेश गरियो।
यी मौकिङले १९९२ मा आफ्नो प्रतिद्वन्द्वीसँग ज्यालाको विषयमा विवाद भएपछि उनको छोरालाई स्याउको प्रलोभन दिएर विद्यालयबाट अपहरण गरेको स्वीकार गरे।
अपराधीलाई अदालतमा उपस्थित गराइने पूर्वसन्ध्यामा लि हाइयूले टाउको खौरिएकी थिइन्। आफ्नो बुबाको तस्वीर बोकेर झान्जियाङ सिटी स्टेसनमा पुगेकी उनले मिडियासँग भनिन् “म मेरो बुबाको मिसन पूरा गर्न चाहन्छु। मौकिङले आफ्नो अपराधको लागि मृत्युदण्ड पाउनेछन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
