डडेलधुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

डडेलधुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

डडेलधुरा– डडेलधुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जिप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा मंगलबार दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु१ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको हो। दुर्घटनामा सात जना घाइते भएका छन्। 

तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेको  पहिचान खुल्न बाँकी छ।