युद्ध कसले जित्छ भन्ने सन् २०२५ मा निश्चित हुने जेलेन्स्कीको भनाइ, पुटिनले गरे नयाँ रुसी आणविक सिद्धान्तमा हस्ताक्षर
पुटिनको नयाँ आणविक प्रतिरोध नीतिको अनुमोदन युक्रेनमा सैनिक पठाएको एक हजारौँ दिन तथा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने निर्णयपछि आएको हो।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मंगलबार रुसी आक्रमणको एक हजारौँ दिनमा संसद्लाई सम्बोधन गर्दै सन् २०२५ मा युद्ध कसले जित्छ भन्ने निश्चित हुने बताएका छन्।
युक्रेनका लागि ‘लचिलो बन्दै’ वासिङ्टनले किभलाई अमेरिकी मिसाइल रुसी क्षेत्रमा प्रहार गर्न लामो समयदेखिको आग्रहलाई स्वीकृति दिएपछि उनले यस्तो बताएका हुन्।
“निर्णायक क्षणहरू अर्को वर्ष आउँदै छन्– हामीले संसारमा कसैलाई पनि हाम्रो सम्पूर्ण राज्यको लचिलोपनमा शंका गर्न दिनु हुँदैन। साथै यस चरणमा कसले जित्नेछ भन्ने निर्णय हुने छ,” जेलेन्स्कीले युक्रेनी संसद्मा भने, “यो युद्ध पोक्रोभस्क, कुपियान्स्क वा अन्य कुनै शहर, नगर वा गाउँका बारेमा मात्र होइन, हाम्रो यो वा त्यो क्षेत्रको बारेमा मात्र होइन। यो युद्ध सम्पूर्ण युक्रेनका बारेमा हो, यो युद्ध सम्पूर्ण युरोपका बारेमा हो, सम्पूर्ण विश्वको व्यवस्था वा अराजकताको बारेमा हो।”
मस्कोले जाडोयामअघि युक्रेनी शहरमा हवाई आक्रमणलाई उल्लेखनीय रूपमा बढाएको छ। उसले उत्तर कोरियाबाट युद्धमा प्रयोग गर्न १० हजारभन्दा बढी लडाकु सैनिकसमेत प्राप्त गरेको छ।
यसैबीच संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य गर्न सम्भावित शान्तिसम्झौताको पनि चर्चा चलिरहेको छ।
आगामी दिनमा अमेरिकी सहायताको अनिश्चितताबीच जेलेन्स्कीले किभले अरू कसैलाई देशको भविष्य निर्णय गर्न दिन नहुने बताए। “यो एउटा यस्तो युद्ध हो जसले सम्पूर्ण राष्ट्रको भाग्य निर्धारण गर्छ र कसैले पनि हाम्रा लागि यो निर्णय गर्नु हुँदैन, गर्न सकिँदैन”, उनले भने।
जेलेन्स्कीका अनुसार किभले आफ्नो पूर्ण अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्षेत्रलाई पुनः प्राप्त गर्न रुसमा भ्लादिमिर पुटिनको शासनको अन्त्यसम्म पर्खनुपर्ने हुनसक्छ।
“सम्भवतः युक्रेनले आफ्ना सबै लक्ष्य हासिल गर्न मस्कोमा कसैलाई हराउनु पर्नेछ... सायद राज्यको पूर्ण अखण्डता पुनर्स्थापना गर्न”, जेलेन्स्कीले युक्रेनको संसद्लाई सम्बोधन गर्दै भने।
यसैबीच राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार एक संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गरेका छन्। साथै आणविक शक्तिद्वारा समर्थित कुनै पनि राष्ट्रले रुसमाथि गरेको परम्परागत आक्रमणलाई उनले देशमाथि संयुक्त आक्रमण मानिने घोषणा गरे।
पुटिनको नयाँ आणविक प्रतिरोध नीतिको अनुमोदन सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा सैनिक पठाएको एक हजारौँ दिन तथा अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रले रुसभित्रका लक्ष्यमा आक्रमण गर्न दिने निर्णयपछि आएको हो।
बाइडेनको निर्णयपछि जानाजानी अद्यावधिक गरिएको सिद्धान्त जारी गरिएको हो कि भनेर सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले उक्त दस्ताबेज ‘समयमै’ प्रकाशित भएको र पुटिनले सरकारलाई यस वर्षको शुरूमा यसलाई ‘वर्तमान स्थितिअनुरूप’ बनाउन निर्देशन दिएको बताए।
पुटिनले सेप्टेम्बरमा प्रस्तावित संशोधन छलफल गर्ने बैठकको अध्यक्षता गर्दा आणविक सिद्धान्तमा परिवर्तनको पहिलो घोषणा गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
