देशका अधिकांश भूभागको मौसम सफा रहने

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका प्रभावले पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षासमेत हुने महाशाखाले जनाएको छ।