निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनका लागि लागू गरेको निर्वाचन आचारसंहिता सोमबारबाट निष्क्रिय गरेको छ।
काठमाडौँ- निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता निष्क्रिय पारेको छ।
आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता सोमबारबाट खारेज गर्ने निर्णय गरेको हो।
“प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम संवत् २०७९ साल मंसिर महिनाको ४ गते आइतबार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको सन्दर्भमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७९/०६/१२ देखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता संवत् २०७९ साल मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय निर्वाचन आयोगले गरेको छ”, आयोगले उल्लेख गरेको छ।
उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
