भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को बोर्ड बैठक शुरू भएसँगै ईयूका देश र अमेरिकाले औपचारिक रूपमा इरानको निन्दा प्रस्ताव प्रस्तुत गरेका छन्।
युरोपेली शक्ति राष्ट्र र संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायसँग इरानको कमजोर सहयोगको निन्दा गर्दै एक प्रस्ताव पेश गरेका छन्।
भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को बोर्ड बैठक शुरू भएसँगै कूटनीतिज्ञहरूले एएफपीलाई बताएअनुसार पेरिस, बर्लिन, लन्डन न र वासिंटनले औपचारिक रूपमा इरानको निन्दा प्रस्ताव प्रस्तुत गरेका छन्। कूटनीतिक स्रोतका अनुसार उक्त प्रस्तावमा बिहीबार मतदान हुने अपेक्षा गरिएको छ।
आईएईएका प्रमुख राफेल ग्रोसीसँगको टेलिफोन वार्तामा इरानका विदेशमन्त्री अब्बास अरागचीले बोर्डले प्रस्ताव पारित गरेमा तेहरानबाट ‘समानुपातिक’ प्रतिक्रिया आउने चेतावनी दएका छन्।
अरागचीले यो कदम इरान र एजेन्सीबीचको अन्तरक्रियामा सिर्जना भएको सकारात्मक वातावरणको स्पष्ट विरोधाभास भएको पनि बताएका छन्। यसअघि बुधबार अरागचीले उक्त कदमको कडा शब्दमा निन्दा गर्दै यसले मुद्दालाई थप जटिल बनाउने बताएका थिए।
ग्रोसीले इरानको भ्रमण गरेपछि प्रस्तुत गरिएको प्रस्तावले फोर्डो र नाटान्जमा देशको प्रमुख संवर्द्धन स्थलहरूको पनि भ्रमण गरेका थिए। इरानले यो भ्रमणलाई सकारात्मक रूपमा लिएको छ।
आईएईएले मंगलबार एएफपीलाई दिएको एक गोप्य प्रतिवेदनअनुसार इरानले आफ्नो अत्यधिक संवर्धित युरेनियमको भण्डार विस्तार रोक्ने दिशामा कदम चालेको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
