कोशी, बागमती र गण्डकीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। 

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम  सफा रहनेछ।

कोशी,बागमती र गण्डकीका पहाडी भेगमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। 

त्यसैगरी, राति पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानको मौसम  सफा रहनेछ।