धनुषामा धारिलो हरियार प्रहार गरी एक जनाको हत्या

धनुषाको बटेश्वर गाउँपालिका-५ स्थित शान्तिपुर बस्ने २७ वर्षीय महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

काठमाडौँ- धनुषामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ। 

जिल्लाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुर बस्ने २७ वर्षीय रितादेवी यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

राति ११ बजेको समयमा उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनलाई जनकपुरको काव्या अस्पताल पुर्‍याइएको र उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी क्षेत्रीले बताए। 

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार हत्याको आशंका महिलाका श्रीमान् वीरेन्द्र यादवतिर सोझिएको क्षेत्रीले बताए।

बिहान ६ बजे प्रहरी घटनास्थलमा पुगेको थियो।