कर्नाटकविरुद्धको पाँच खेलको एक दिवसीय सिरिज नेपाली यू१९ टोलीले जितेको छ।
काठमाडौँ– भारतको कर्नाटक यू१९ विरुद्धको पाँच खेलको एक दिवसीय शृंखला नेपाली टोलीले जितेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको शृंखलाको अन्तिम तथा पाँचौँ खेलमा कर्नाटकलाई ७ विकेटले पराजित गर्दै नेपालले शृंखला ३–२ ले जितेको हो।
पहिला ब्याटिङ गरेको कर्नाटकले ५० ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो। जवाफमा नेपालले ३९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
पहिला ब्याटिङ गर्दा कर्नाटकका रोहित आरभीले सर्वाधिक ४१ रन बनाउँदा इसा एच पुथिङले ३८ रनको इनिङ्स खेले। त्यसैगरी गगन राओले ३४ रन बनाउँदा शिव आरले २२ रन बनाएका थिए। आकाश प्रभावकरको ब्याटबाट १८ रन बनको थियो।
नेपालका हेमन्त धामीले १० ओभरमा १ ओभर मेडन राख्दै ३ विकेट लिँदा अभिषेक तिवारीले ७ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए।
यसैगरी नरेन साउदले ७ ओभरमा १ ओभर मेडन राख्दै २९ रन दिएर २ विकेट लिँदा युवराज खत्रीले ९ ओभरमा १ ओभर मेडन राख्दै ३५ रन दिएर २ विकेट हात पारे। सन्तोष यादवले १० ओभरमा ३२ रन खर्चिए भने विपिन महतोले ४ ओभरमा २० रन दिएका थिए।
१९२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ३९.५ ओभरमा मात्र ३ विकेट गुमाएर जित निकालेको हो। नेपालको जितमा ओपनर आकाश त्रिपाठीले ८९ रनको नआउट इनिङ्स खेले। उनले १ छक्का र ७ चौका प्रहार गरे।
यसैगरी मयन यादवले ६६ बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा १ छक्का र ६ चौका प्रहार गरे। यसैगरी अर्जुन कुमालले २१ रन बनाउँदा सन्तोष यादवले ४ रनको इनिङ्स खेले। नरेन भट्ट १८ रनमा नटआउट रहे।
कर्नाटकका प्रनव आश्वथले २ तथा तेजस केएले १ विकेट लिए।
अन्तिम खेल त्रिवि क्रिकेट मैदानमा भएको हो भने यसअघिका ४ खेल मूलपानी क्रिकेट मैदानमा भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
