इजरायली प्रधानमन्त्री, पूर्वरक्षामन्त्री र हमास नेताविरुद्ध पक्राउ पुर्जी

आईसीसीले युद्ध अपराधको आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, पूर्वरक्षामन्त्री ग्यालान्ट र हमासका नेता डेफविरुद्ध पक्राउ पुर्जी जारेको छ।

तस्वीर : अबीर सुल्तान/एपी

अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी)ले युद्ध अपराधको आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहित पूर्व रक्षामन्त्री र हमासका नेताविरुद्ध पक्राउ पुर्जी जारेको छ। आईसीसीले इजरायली पक्षको चुनौतीलाई स्वीकार गर्दै नेतान्याहु र योअव ग्यालान्टविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

साथै आईसीसीले हमास नेता मोहम्मद डेफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। यद्यपि, इजरायली सेनाले गाजामा जुलाईमा भएको हवाई हमलामा उनीको मृत्यु भइसकेको दाबी गर्दै आएको छ। 

न्यायाधीशहरूले इजरायल र हमासबीचको युद्धका क्रममा युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि उनीहरू तीनै जना ‘आपराधिक जिम्मेवार’ रहेको ’उचित आधार’ भेटिएको बताएका छन्। इजरायल र हमास दुवैले आरोप अस्वीकार गरेका छन्। 

उनीहरूविरुद्धको पक्राउ पुर्जी कार्यान्वयनको पक्ष आईसीसीको १२४ सदस्य राष्ट्रहरूमा निर्भर रहन्छ, तर यसमा इजरायल वा उसको सहयोग अमेरिका समावेश छैनन्। 

मेमा आईसीसीका अभियोजक करिम खानेले नेतान्याहु, गैलान्ट, डेफ र युद्धका क्रममा मारिएका दुई हमास नेताहरू इस्माइल हनिया र याह्या सिनवारविरुद्ध पक्राउ पुर्जी माग गरेका थिए। 

डेफ क्रममा मारिएको इजरायली दाबी गरे पनि चेम्बरले उनी मारिएको वा जिउँदै रहेको भन्ने अभियोजनले निश्चित गर्न नसकेको जनाएको छ।

उनीहरूविरुद्ध अभियोजकले २०२३ अक्टोबर ७ पछिका घटनालाई आधार बनाएर मुद्दा दिएका हुन्, यस दिन हमास बन्दुकधारीले दक्षिणी इजरायलमा आक्रमण गर्दा करिब १२ व्यक्तिको व्यक्तिको मृत्यु भयो र अन्य २५१ जनालाई गाजामा बन्धक बनाएर लगिएको थियो। त्यसपछि इजरायलले हमासविरुद्ध सैन्य अभियान शुरू गर्दै प्रत्याक्रमण गर्दा गाजामा कम्तिमा ४४ हजार मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।