नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति

सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ।

काठमाडौँ– सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले आज उक्त फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा अनुमति दिएपछि पुनः सुनुवाइ हुने भएको हो।

यसअघि, न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने मापदण्ड कायम गर्नुपर्ने उल्लेख थियो।