देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभावका साथै भारतको उत्तर प्रदेशस्थित तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणालीको पनि प्रभाव रहेको छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

यसैगरी, राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।