पाकिस्तानमा बसमा गोली चल्दा ४२ जनाको मृत्यु

पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा बिहीबार बन्दुकधारीले गोली चलाएका हुन्। आक्रमणको जिम्मा कसैले लिएको छैन।

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गोली चल्दा कम्तीमा ४२ जनाको ज्यान गएको छ। अन्य २० जना घाइते भएका छन्। 

समाचार संस्था एपीका अनुसार कुर्रम जिल्लास्थित शिया मुस्लिम चढेको बसमा बिहीबार बन्दुकधारीले आक्रमण गरेका हुन्। आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन। 

स्थानीय प्रहरी अधिकारी अजमत अलीले अस्पतालमा १० यात्रुको अवस्था गम्भीर रहेको बताए। सो क्षेत्रमा हालै बहुसंख्यक सुन्नी मुस्लिम र अल्पसंख्यक शियाबीच झडप भएको थियो।

झडपका कारण लामो समयदेखि बन्द प्रमुख राजमार्ग हप्ता दिनअघि मात्रै पुनः खोलिएको थियो।