तोलामा १ हजार ५०० रुपैयाँले बढ्यो सुन, चाँदी घट्यो

बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो।

बिहीबार तोलाको १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ६५ हजार ५०० मा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ।