काठमाडौँ महानगरका जनप्रतिनिधि ६-१ ले पराजित

महानगर दिवसका अवसरमा काठमाडौँ महानगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल भएको छ। खेल कर्मचारीको टिमले ६-१ ले जित्यो।

काठमाडौँ- महानगर दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। 

दशरथ रंगशालामा भएको खेलमा जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट एक/एक टिमले सहभागिता जनाएका थिए। 

जनप्रतिनिधि टिम मेयर बालेन्द्र शाहको नेतृत्व रहेको थियो भने कर्मचारीको टिम  मुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा रहेको थियो। प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरू थिए। प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरू थिए।  

जनप्रतिनिधिको टिममा कप्तान भए पनि मेयर बालेन्द्र शाह खेलको उत्तरार्द्धमा मात्रै मैदानमा छिरेका थिए तर मेयर साह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो। खेल ६—१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो। 

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताइन्। 

खेलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताएकी हुन्। 

महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीसँग प्रत्यक्षरूपमा सम्बन्ध कायम हुन नसकेको बताउँदै उनले महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने बताइन्। 

महानगरले हरेक वर्ष जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल आयोजना गर्दै आएको छ। 

उनले जनप्रतिनिधिहरूले खेल हारेपनि फुटबल आयोजनाको उद्देश्यअनुरूप पूरा भएको बताइन्।