सत्तारुढ एमालेको जागरणसभाले सर्वसाधारणलाई सकस (तस्वीरहरू)

सत्तारूढ दल एमालेले दरबारमार्ग क्षेत्रको सडक बन्द गरी आयोजना गरेको जागरणसभाका कारण सर्वसाधारणलाई आवतजावतमा सकस भएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– राजधानीको प्रमुख सडक दरबारमार्ग नै बन्द गरी सत्तारूढ दल नेकपा एमालेले आयोजना गरेको जागरणसभाका कारण सर्वसाधारणलाई आवतजावतमा सकस भएको छ। सार्वजनिक सवारीसाधनहरू ठाउँ–ठाउँमा डाइभर्सन गरिएका कारण ट्राफिक जाम बढेको छ। सुनधारा क्षेत्रमा सार्वजनिक सवारी चढ्न सर्वसाधारणको लामो भीड नै लागेको छ। जामका कारण समयमा सवारीसाधन नपाउँदा सास्ती भोग्नु परेको सर्वसाधारणले गुनासो गरेका छन्। एमालेका नेता–कार्यकर्ताहरू भद्रकालीबाट र्‍यालीसहित दरबारमार्गमा पुगेका थिए। सभालाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतागणले सम्बोधन गरेका छन्। हेर्नुहोस् तस्वीरहरू :