काठमाडौँ महागरले जागरणसभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई एक लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरी पत्र पठाएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सत्तारूढ दल नेकपा एमालेलाई एक लाख जरिबाना तिराउने निर्णय गरेको छ। एमालेले शुक्रबार गरेको जागरणसभाका क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला फाली प्रदूषण गरेको भन्दै काठमाडौँ महानगरले जरिबाना गर्ने निर्णय गरेको हो।
काठमाडौँ महागरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम एमालेलाई जरिबाना तिराउने निर्णय गर्दै पत्र पठाएको हो।
“...दरबारमार्गस्थित खुल्ला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम एक लाख रुपैयाँ जरिबाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,” काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमालेलाई पठाएको पत्रमा भनिएको छ।
शुक्रबार एमालेले निकालेको र्याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको थियो। सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गरेका थिए। तर एमालेको सभाका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै सास्ती खेप्नुपरेको सर्वसाधारणले गुनासो गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
